तुलसीपुर, असोज २० । दाङको देउखुरी स्थायी राजधानी भएको खुसियालीमा मंगलवार बेलुका जिल्लाका विभिन्न स्थानमा दिपावली भएको छ । जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुवाङ, अमेलिया लगाएतका स्थानमा मंगलवार बेलुका दिपावली भएको छ ।
मंगलवार भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दूई तिहाई बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरिएको हो । तुलसीपुरको बीपी चोकमा मंगलवार बेलुका नेपाली काँग्र्रेस क्षेत्र नं. ३ ले दिपावली गरेको छ ।
क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वली, क्षेत्रीय सचिव, चूर्ण चौधरी, चुडामणि ढकाल, क्षेत्रीय प्रतिनिधि जागेश्वर खड्का लगाएका दिपावलीमा सरिक भएका थिए ।
प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार