काठमाडौं, असोज १५। सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।
मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरेको छ । यस्तै आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार