दाङ, असोज १४ । चारदिन पछि दाङको तुलसीपुरस्थित एक मःम पसलमा बुधवार दिउँसो सल्यानका एक वडाध्यक्ष फेला परेका छन् ।अपहरणका परेको आशंका गरिएका सल्यानको शारदा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष तुलसीराम रावतलाई प्रहरीले फोन ट्रेसिङका आधारमा एक मःम पसलवाट पक्राउ गरेको जानकारी दिएको छ ।
तर तीनै वडाध्यक्ष रावतले आफुलाई विप्लवका कार्यकर्ताले चन्दा मागेर टर्चर दिएको हुँदा त्यो म्यानेज गर्न आफु दाङ आएको भन्ने बयान दिएको प्रहरीले बताएको छ।
यसैबीच उलने आफुले २५ हजार रुपैंया आफुले घोराहीस्थित एउटा पसल सञ्चालनकलाई आइएमई गरेर पठाई दिएको र कोही माग्न आए दिनु भन्ने आग्रह समेत गरेको कुरापनि प्रहरीलाई बताएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताए ।
चारदिन पछि फेला परेका वडाध्यक्ष रावतलाई जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापा आफै दाङको तुलसीपुर आएर सल्यान लगेर गएका छन् । घटनावारे थप अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले बताएको छ ।