२०८३ बैशाख १४ गते सोमवार

दुर्वेशनीलाई सीपमुलक तालिम दिन्छौं : नकर्मी


तुलसीपुर,असोज १३ । लायन्स कल्व डिष्ट्रिक ३२५ बी टू नेपालका गर्भनर लायन शम्भु नकर्मीले पुनस्थापना केन्द्रमा बसेकाहरुलाई सीपमुलक तालिम दिन थालेको बताएका छन् । लायन्स क्लवले लागु पद्धार्थ दुर्बेशनी अभियान अन्तर्गत सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले अभियान सुरु गर्न लागेको नकर्मीले जानकारी दिए ।

रिपोर्टस क्लव दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा उनले दुर्बेशनीमा फसेकाहरुलाई कपडा बनाउने सीप सिकाई अभियान थालिने बताए । हेटौडाबाट अभियान सुरु गर्न लागेको नकर्मीले जानकारी दिए ।

लायन्सले अन्य स्वास्थ्य, हरियाली, सरसफाई र कोभिड–१९ का कारण समस्यामा परेका व्यक्तिहरुलाई पनि लकडाउन अवधिभर सहयोग गरेको उनले जानकारी दिए । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता भएको पत्रकार समेलनको सहजीकरण महासचिव विमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *