हापुरे, असोज १३ । ६ महिनाप छि बिद्यालय सञ्चालनमा आएपछि बबई गाउँपालिकाले अनुगमन सुरु गरेको छ । यहाँ असोज ११ गतेदेखि बिद्यालय सञ्चालनमा आएका हुन । कोरोना भाइरसको महामारी सुरु भएपछि चैत ११ गतेदेखि शैक्षिक संस्था ठप्प थिए । भौतिक दुरी कायम भए नभएको, साबुन पानीको ब्यबस्थापन र मास्कको प्रयोग भए नभएको बारेमा अनुगमन गरिएको हो ।
बिद्यार्थीको पढाई अवरुद्ध नहोस भन्ने उदेश्यका साथ गाउँपालिकाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिए । गाउँपालिकाले यसअघि सिकाई केन्द्र मार्फत् पढाई सञ्चालन गरेको थियो ।
बिद्यालय अनुगमन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल, शिक्षा शाखाका उपप्रमुख जितबहादुर केसीको सहभागीता रहेको थियो । जनकल्याण माबि पदमपुर र भानुभक्त माबि कौशिलापुरको अनुगमन गरिएको हो ।
प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार