२०८१ चैत्र ९ गते शनिवार

सल्यानका वडाध्यक्ष रावत अपहरणमा परेको शंका


दाङ,असोज १२ । सल्यानको शारदा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष तुलसीराम रावत अपहरणमा परेको आशंका गरिएको छ ।सल्यान जिल्लाका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले परिवारे वडाध्यक्ष रावत अपहरणमा परेको आशंकासहित सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालयलमा आएर निवेदन दिएको जानकारी दिए ।

उनले आफुले परिवारका सदस्यसंग छलफल गरिरहेको र अनुसन्धान जारी रहेको बताए । उनी आइतवारदेखि घर नगएपनि परिवारका सदस्य संग फोन सम्पर्क भने गर्दै आएको प्रहरीले बताएको छ । वडाध्यक्ष रावतले आइतवारपनि घर परिवारलाई घर नआउने र सोमवार मात्रै घर फर्किने बताएका थिए ।

तर फेरि सोमवार फोन गरेर उनले आफ्नो खातामा २० हजार रुपैंया राखिदिन आग्रह गरेको प्रहरीले बताएको छ ।
उनले मंगलवार मात्रै आफु घर फर्किने बताएको भएपनि कहाँ छु भन्ने कुरा भने खुलाएका छैनन् । त्यही भएर उनी अपहरणमा परेको आशंका भइरहेको छ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *