२०८१ चैत्र ४ गते सोमवार

गढवामा ४० लाखको लागतमा सर्पदंश उपचार केन्द्र निर्माण


देउखुरी,असोज ४ । देउखुरीको गढवा गाउँपालिका वडा नं. ६ मा निर्मित सर्पदंश निर्माण कार्य पुरा भएको छ । सर्पदंश केन्द्रको आइतवार मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका छन् । गाउँपालिकालको ४० लाखको लागतमा सर्पदंश उपचार केन्द्रको भवन निर्माण गरिएको हो । सर्पदंश उपचार केन्द्रमा सात ओटा वेडहरु रहेका छन् । ईमरजेन्सी वार्ड, भर्ना वार्ड, ड्रेसिङ वार्ड निर्माण गरिएको छ ।

त्यसका साथै नेपाली सेनाका लागि २७ लाखको लागतमा छुट्टै भवन निर्माण गरिएको छ ।सर्पदंश केन्द्रमा नेपाली सेनाले तीन जना तालिम प्राप्त स्वास्थ्यकर्मी खटाएको छ भने गाउँपालिकाले थप दुई जना स्वास्थ्यकर्मीपनि त्यहाँ खटाइएको छ । उपचारको लागि चाहिने सबै स्वास्थ्य सामाग्री र दुई सय भाईल ‘एन्टी स्नेक भेनम’ औषधी पनि त्यहाँ राखिएको छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सर्पदंश केन्द्रको उद्घाटन गरेका छन् । उद्घाटन पछि कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित गरि सञ्चालन गर्न आग्रह गरेका छन् । उनले उपचारका क्रममा कुनै समस्या आइ परेमा मुख्यमन्त्री स्तरबाट सहजीकरण गर्ने विश्वास पनि दिलाएका छन् ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी, प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित चौधरी, सर्पदंश विज्ञ महेन्द्र कातिला लगायतका वक्ताहरुले मनतब्य व्यक्त गरेका थिए ।

जिल्लामा यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराही र लमही अस्पतालमामा सर्पदशंका बिरामीको उपचार हुँदै आएको थियो । तरपनि ती ठाउँहरुमा विरामीले उपचार नपाउँदा बाहिरी जिल्ला रेफर गर्नुपर्ने बाध्यता रहँदै आएको छ । जस्ले गर्दा विरामीको बाटोमै मृत्यु भएका थुप्रै काहाली लाग्दा घटनाहरु छन् ।

गढवामा सर्पदशं उपचार केन्द्र स्थापना भएपछि अब सर्पदंशका विरामीलाई बाहिरी जिल्ला उपचारका लागि लैजानु पर्दैन कि ? भन्ने आशा गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *