२०८१ चैत्र ४ गते सोमवार

कुलमानको पक्षमा तुलसीपुरमा प्रदर्शन


तुलसीपुर,असोज १ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै तुलसीपुरमा प्रदर्शन भएको छ । वीपी कोइराला स्मृति युवा परिचालन समिति वडा नं. ८ र तुलसीपुर विद्यार्थी युनियनको संयुक्त आयोजनामा बिहीवार तुलसीपुरमा प्रदर्शन भएको हो ।

केही संख्यामा रहेका उनीहरुले देशको गहना कुलमान घिसिङलाई हटाउन पाइदैन, घिसिङलाई हटाएर आफ्नो सालो राख्न पाइदैन, सरकार भ्रष्टचारमा व्यस्त छ लगाएतका नाराहरु लगाउदै प्रदर्शन गरेका हुन ।

विद्यार्थीहरुको शिक्षा क्षेत्र लोडसेडिङ् मुक्त गराएका घिसिङ्लाई सरकारले पुन ः नियुक्ती गर्नुपर्छ भन्ने उद्देश्यले आफुहरुले प्रदर्शन गरेको तुलसीपुर विद्यार्थी युनियनका संयोजक अविशेक दाहालले फरककोणलाई बताए । आफुहरुको माग पुरा नभए थप संघर्षका कार्यक्रम ल्याउने उनीहरुले चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *