२०८३ असार २ गते मङ्गलवार

निर्वाचनमा पराजित भएर पनि गौतम राष्ट्रिय सभा सदस्य बने


काठमाडौं, असोज १ । निर्वाचनमा पराजित सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन् ।
गौतम २०७४ सालको निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गरेको थियो।गत फागुनदेखि राष्ट्रिय सभामा एक जना राष्ट्रिय सभा सदस्यको पद खाली थियो । जुन सांसद राष्ट्रपतिले मनोनित गर्नुपर्ने हुन्छ ।

आफ्नो सत्ता कुर्सी जोगाउन र पार्टी भित्रको शक्ति सन्तुलन मिलनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सहमत भएको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *