२०८१ चैत्र ९ गते शनिवार

केन्द्रीय महाधिबेसनको पछि मात्रै तुलसीपुर बाणिज्य संघको निर्बाचन गर्ने निर्णय


शरद रेग्मी,
तुलसीपुर, असोज १ । नेपाल उद्योग बाणिज्य महासघंको महाधिबेशन भएपनि मात्रै तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन हुने भएको छ । विहीवार सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको सघंको आकस्मिक बैठकले केन्द्रीय महाधिवेशनपछि मात्रै तुलसीपुर बाणिज्य संघको बार्षिक साधारण सभा गर्ने र त्यसैले नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।

बैठकले निर्बाचनमा नगई सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने कुरामा जोड दिनका लागि संघका पूर्वध्यक्षहरुले सुझाब दिएका छन् ।
कार्यक्रममा पूर्व अध्यक्ष बिमल रिजाल, संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, पूर्वअध्यक्षहरु गणेश प्रेम श्रेष्ठ, चिरन्जिबी रिजाल,उत्तमकुमार श्रेष्ठ, हेमन्त रिजाल, कानुनी सल्लाहकार प्रबिण लम्साल, सल्लाहकार सुरेश हमाल, नारायणप्रसाद खनालले त्यस्तो सल्लाह दिएका हुन ।

सो अबसरमा एक महिनाको घर भाडा छुट गरेको भन्दै सल्लाकार सुरेश हमाल र बरिष्ठ सदस्य यज्ञबहादुर केसीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण महासचिब रुपबहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *