२०८१ चैत्र ६ गते बुधवार

भिडभाडका बीच देउखुरीमा नेकपाको पार्टी प्रवेश कार्यक्रम


लमही, भदौ ३० । जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनालाई उलंघन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाले देउखुरीमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । नीति निर्माणमा पुगेका प्रतिनिधि सभा सदस्यसहित झन्डै आधा दर्जन प्रदेश सभा सदस्यहरु चुनावी सभाको झल्को दिनेगरी तामझामका साथ आयोजित पार्टी प्रवेश कार्यक्रममा आएका थिए ।

नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, प्रदेश सभा सदस्य दामा शर्मा, इन्द्रजित थारु लगायतका नेताहरुको उपस्थितिमा कार्यक्रम भएको हो । जवकी स्थानीय प्रशासनले भिडभाड हुने कुनैपनि कार्यक्रम नगर्न सार्वजनिक रुपमा सूचना नै जारी गरेको छ । तर, नेकपा नेता र सांसदहरुले त्यसको खुलेयाम उलंघन गरेका छन्।

राजपुर गाउँपालिका वडा नम्बर ५ को जंग्रहवामा आयोजित कार्यक्रममा दर्जनौं व्यक्ति पार्टी प्रवेश गरेका थिए । त्यो कार्यक्रम देख्ने विपक्षी दलका नेताहरुले नेकपाको सरकारले आफ्नै सरकारले जारी गरेको आदेशको अवज्ञा गरेको आरोप लगाएका थिए ।

‘ यो त आफ्नै सरकारको निर्णयको धज्जी उडाए समान भया,’ काँग्रेसका एक नेताले भने ‘कोरोनाको त्रासका बीचमा सरकारको नेतृत्व गरिरहेको दलले मानब स्वास्थ्यमा खेलाची गर्नु विडम्वना हो ।’अचम्मको कुरा के देखिन्थ्यो भने किराना र तरकारी पसलमा तरकारी किन्न आउनेलाई धपाउने सुरक्षाकर्मीपनि रमिते मात्रै बनेका थिए ।

यो विषयमा बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाले अनभिज्ञता व्यक्त गरे । राजपुरमा आयोजित कार्यक्रमको बारे कसैले पनि जानकारी नदिएको बताए । यद्यपी उनले महामारीका बेला कसैले पनि भिडभाड, सभा सेमिनार गर्न नपाईने बताए ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *