
तस्बिर: नबिन पौडेल
दाङ,भदौ १५ । सल्यान जिल्लाका सबैभन्दा कान्छा जनप्रतिनिधि छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले पत्रकार सम्मेलन गरिआफ्नो सम्पत्ति बिवरण सार्वजनिक गरेका छन् ।
आइतवार खलंगमा आयोजित पत्रकार सम्मेलनमा उनले पारदर्सीता र जवाफदेहीताका लागि सम्पत्ति विवरण सार्बजनिक गरेकोबताएका थिए । उनले आफ्नो परिवारले हालको सबै सम्पत्ति व्यवसाय गरेर आर्जन गरेको जानकारी दिएका छन् ।
उनले पछिल्लो समय आफु राजनीतिमा सक्रिय भएपछि तथा जनप्रतिनिधि बनेपछि धेरै घाटा बेहोर्नु परेको बताएका छन् । व्यापारव्यवसाय गर्दाको समयमा भन्दा राजनीतिमा लागेपछि आफ्नो आयआर्जन घटेको उनले जानकारी दिए ।
धेरैजसो नेताहरुले जीवनभर राजनीति बाहेक अरु केही नगरेपनि थुप्रै सम्पत्ति आर्जन गरेको कुरा देख्दा आफुलाई आश्चर्य लाग्ने गरेकोउनले पत्रकार सम्मेलनका क्रममा बताए ।
नेपाली काँग्रेसवाट निर्वाचित अध्यक्ष केसी सम्पत्ति विवरण सार्वजनिक गर्ने जिल्लाको पहिलो जनप्रतिनिधि हुन । हाल ३४ बर्षीय केसीनिर्वाचित हुँदा ३० बर्षका मात्रै थिए । जिल्लाको मात्रै हैन उनी देशकै दोस्रो कान्छो गाउँपालिकाका अध्यक्ष हुन । केसी पार्टीको क्षेत्रीयसभापति र तरुन दल सल्यानका अध्यक्षपनि हुन ।
यस्तो छ केसीको सम्पत्ति बिवरण
अध्यक्ष केसीले सार्बजनिक गरेको विवरण अनुसार सल्यान, दाङ र काठमाडौंमा गरि ५ वटा घर रहेको उल्लेख गरेका छन् । सल्यानकोश्रीनगरमा २ वटा , लान्तिमा १, दाङको तुलसीपुरमा १ र काठमाडौंको मन्डिखाटारमा १ वटा घर रहेको पत्रकार सम्मेलनमा उनले बताए ।
त्यसबाहेक सल्यानको लान्ती, भोटेचौर, फलाबाङ क्षेत्रमा करिब २५ रोपनी खेतबारी, श्रीनगर र लान्तिमा ५ वटा घरेली, दाङकोतुलसीपुर उपमहानगरपालिकामा करिब १२ कट्ठा खेत रहेको विवरण केसीले सार्वजनिक गरेका छन् ।
सल्यान खलंगामा पत्रकार सम्मेलन गरी केसीले आफ्नीे आमा अम्बिका केसी, पत्नि चाँदनी केसी, भाइ सुधन केसी र आफ्नो नाममा त्यो सम्पत्ति रहेको विवरण सार्बजनिक गरेका हुन ।
त्यस्तै उनले सार्वजनिक गरिएको विवरणमा २५ तोला सुन रहेको केसीले बताएका छन् । सवारी साधनमा एउटा क्रेटा कार, एउटा बुलेटमोटरसाईकल, एउटा होन्डा साईन मोटरसाइकल र ट्रयाक्टर २ वटा रहेको उल्लेख गरेका छन।
झन्डै ८ करोड ऋण
सार्बजनिक विवरणमा अध्यक्ष केसीले ७ करोड ९५ लाख ५० हजार रुपैंया ऋण रहेको उल्लेख गरेका छन् ।
त्यो सबै ऋण एउटै बैंकमा रहेको उनले बताए । सल्यान खलंगाको कुमारी बैंक शाखाबाट विभिन्न शिर्षकमा उक्त ऋण लिएकोदेखाइएको छ ।
आम्दानीको स्रोत
आम्दानी अन्तरगत दाङ, सल्यान र काठमाडौंको घर भाडाबाट समेत जोडेर बार्षिक ७० लाख रुपैंया जति आम्दानी हुने गरेकोसार्वजनिक विवरणमा देखाइएको छ ।
त्यस्तै क्याप्टेन भाइको तलबबाट बार्षिक ७५ लाख आम्दानी हुने उल्लेख गरेका छन् । अध्यक्ष केसीका भाइ तारा एएरलाईन्समा क्याप्टेनछन् । अध्यक्ष केसीले आयस्रोत मध्य गाउँपालिकाबाट बार्षिक ४ लाख बढी तलब प्राप्त हुने गरेको विवरण सार्वजनिक गरेका छन् ।त्यस्तै उनको पुर्खेउली हार्डवयर व्यवसाय पनि छ ।
सल्यानमै केसीका संचात सप्लायर्स र सन्तोष इन्टरप्राईजे रहेका छन् । कारोवारवाट बार्षिक ६० लाख र दूई वटा ट्रयाक्टरको आम्दानी२४ लाख जति हुने विवरण उनले सार्वजनिक गरेका छन् । अध्यक्ष केसीले हाल आफुसंग विभिन्न बैंकमा गरेर ३५ लाख रुपैंया बैंकब्यालेन्स रहेको जानकारी दिएका छन् ।
