शरद रेग्मी,
तुलसीपुर, भदौ १४ । तुलसीपुरको सिटी हस्पिटलले बिरामीको चापलाई मध्यनजर गर्दै सरकारी सेवा सुविधा सरह सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ । अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठकले बिरामी भर्ना, ल्याव, एक्सरे सकारकारी दररेटमै सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका साथै डाक्टरले गर्ने चेक जाँचको शूल्क मिनाह गर्ने निर्णय पनि गरेको छ । डाक्टरको हरेक विरामीको चेकजाँच गरे बाफत साढे तीन सय शूल्क लिन गर्छन ।
२५ शैयाको सिटी अस्पतालले बिरामी भेट्न आउने आफन्त तथा कुरुवाका लागि पनि छुट्टै व्यवस्था गरेको जानकारी दिएको छ । यसैबीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिमल रिजालले अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।
हस्पिटलले गरेको पछिल्लो व्यवस्थापन बारे तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले आइतबार सिटी हस्पिटलको निरीक्षण समेत गरेका छन् । माहामारीको समयमा मानविय संवेदनालाई मध्यनजर गर्दै उपचारमा लाग्न नगर प्रमुख पाण्डेले आग्रह गरेका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका २ चिकित्ससहित ९ जनामा संक्रमन फेला परेपछि त्यो अस्पताल सिल गरिएको छ । जसले गर्दा सर्वसाधारण नागरिकको भिडभाड नीजि क्लिनिक र हस्पिटलमा बढेको छ ।