दाङ, साउन २९ । दाङमा एम्बुलेन्स दूर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३४८ नम्वरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित अम्राई खोलामा विहीवार विहान ३ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दूर्घटनामा परेको थियो ।
दूर्घटनामा परि एम्बुलेन्स चालक दंगिशरण गाउँपालिका वडा नं. २ निवासी ३४ बर्षीय मिठुकुमार चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ४४ बर्षीय पुष्पा पुन मगरको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालका अनुसार उनीहरु दुबै जनालाई उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दूर्घटनामा परि मगरकी छोरी २१ बर्षीया छोरी रोजिना बोहोरा पनि घाइते भएकी छन् ।उनका अवस्था भने सामान्ने रहेको प्रहरीले बताएको छ ।एम्बुलेन्समा मगरका छोरापनि सवार रहेको भएपनि उनलाई भने चोट पटक नलागेको प्रहरीले बताएको छ । पुष्पाका पति लोकबहादुर पुनलाई प्रेसरले हानेपछि उपचारका लागि उनीहरु बाँके लगेर गएका थिए । उनको मृत्यु भएपछि उनीहरु शव ल्याएर घर फर्किरहेका थिए । एम्बुलेन्स झन्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको छ ।