तुलसीपुर, साउन २५ । नेपाल तरुणदल आवद्ध एक युवाले मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
नेपाल तरुण दल साबिक क्षेत्र नं। ४ का सदस्य ओपेन्द्र खत्रीले मृगौला पीडित तुल्सिपुर ६ की डिला बिकलाई आइतवार व्यक्तिगत रुपमा ५००० आर्थिक सहयोग प्रदान गरेका हुन ।
पीडितको घरमै पुगेर खत्रीले उक्त सहयोग हस्तान्तरण गरेको जानकारी दिए ।
आर्थिक अवस्था निकै कमजोर रहेकी विकको दुबै मृगौलाले काम गर्न छोडेको तथा उपचार गर्ने पैंशा समेत नभएको हुँदा मानविय नाताले सहयोग गरेको खत्रीले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा नेबिसंघका जिल्ला सह–सचिब जितेन्द्रप्रकाश वली, तरुणदल तुल्सिपुर वडा नं। ५ काअध्यक्ष सुनिल डाँगी, नेपाल दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष कलसिंङ बिक, नेबिसंघ गुरु जजुर माबिका पुर्ब अध्यक्ष पुष्प राज जिएम, तरुण नेता केशब राज भुशाल लगाएत रकम हस्तान्तरण कार्यक्रममा पुगेका थिए ।