२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरको कृषि विकास बैंक आफ्नै भवन सर्यो

तुलसीपुर,साउन ३ । कृषि विकाश बैंक शाखा कार्यालय शनिवारदेखि आफ्नै भनवमा सरेको छ ।आजभन्दा ११ बर्ष पहिले २०६५ सालतिर तत्कालिन माओवादीले बम प्रहार गरेपछि बैंक उच्च अदालत तुलसीपुर नजिकै भाडामा बस्दै आएको थियो । पछिल्लो समय बैंकले घर भाडा बाफत मासिक ७५ हजार भाडा तिर्दै आएको थियो ।

माओवादीले बम प्रहार गरेको घरमा डेन्टिङ पेन्टिङ गरेर र एउटा ढोका हालेर शनिवारदेखि पुनः आफ्नै भवनमा कार्यालय सरेको क्षेत्रीय निर्देशक गिरिधारी पौडेलले बताए । बैंकको आफ्नै भवन तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तीखौवामा रहेको छ । जहाँ १५ कठ्ठा ८ धुर क्षेत्रफलमा बैंकको आफ्नै भवन रहेको बैंकका सहायक तुलसीराम वलीले जानकारी दिए ।आफ्नै भवनमा कार्यालय सरेपनि बैंकले ग्राहकको सुविधाको लागि एटिएम भने बीपी चोकको एक घरमा भाडामा राखेको छ ।

प्रकाशित मिति : २०७७ साउन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *