२०८१ जेष्ठ १७ गते बिहिवार

ओलीलाई पदवाट राजीनामा दिन प्रचण्ड र नेपालको आग्रह

काठमाडौं,साउन १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार प्रधानमन्त्री ओलीलाई भेटेरै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले पदवाट राजीनामा दिन आग्रह गरेका हुन । राजनीतिक,कूटनीतिक रूपमा एकपछि अर्कौ गल्ती प्रधानमन्त्री ओलीले गरेको भन्दै प्रचण्ड र नेपालले राजीनामा दिन सुझाव दिएका हुन ।

तर प्रधानमन्त्री ओलीले भने आफूले राजीनामा नदिने भन्दै सकेको कदम चालन चेतावनी दिएको स्रोतले बताएको छ । शुक्रबार नेकपाको स्थायी कमिटी बैठक आह्वान गरिएको छ ।

प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *