२०८१ माघ १२ गते शनिवार

दिउँसोमा बढीजसो आत्महत्या हुने गरेको प्रहरी तथ्याङ्क

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ

तुलसीपुर, असार १६ । अधिकाँसले दिउँसोको समयमा आत्महत्या गर्ने गरेको तथ्याङकले देखाएको छ । प्रदेश नं. ५ मा चैत ११ गतेदेखि जेठ महिनासम्म आत्महत्या गरेका कुल ३९३ जना मध्य सबैभन्दा धेरै १०२ जानले दिउँसोको समयमा आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले प्रदेशको तथ्याङ्क नियाल्दा अधिकाँसले दिउँसोको समयमा आत्महत्या गर्ने गरेको जानकारी दिए । मध्यान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म यो अवधिमा १०२ जना र विहान ६ बजेदेखि १२ बजेसम्म ९६ जनाले आत्महत्या गरेका छन् । बेलुका ६ बजेदेखि मध्यराति १२ बजेसम्म ७२ जना र राति १२ बजेदेखि विहान ६ बजेसम्म ४३ जनाले यो बीचमा आत्महत्या गरेका छन् ।

बारमा सबैभन्दा बढी विहीवार ५५ जना र सोमवार ५१ जनाले आत्महत्या गरेका छन् । त्यस्तै बुधवार र शुक्रवार समान ५०÷५० जना, शनिवार ४३, आइतवार ४१ र मंगलवार सबैभन्दा कम २३ जनाले आत्महत्या गरेका छन् ।एसएसपी बैदवारका अनुसार यो अवधिमा सबैभन्दा धेरै पासो लगाएर आत्महत्या गर्नेको संख्या रहेको छ । झुण्डिएर २५८ जना, विष सेवन गरि ५४ र पानीमा डुवेर ९ जनाले आत्महत्या गरेका छन् । चैतमा झुण्डिएर ६० जना र विष सेवन गरि ८ जना, वैशाखमा झुण्डिएर १०२ जना विष सेवन गरि १५ जना र जेठमा झुण्डिएर ९६ र विष सेवन गरि ३९ जनाले आत्महत्या गरेको छन् ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारका अनुसार उमेर समुहको आधारमा यो अवधिमा सबैभन्दा बढी १६ देखि २५ बर्ष उमेरकाले आत्महत्या गरेका छन् । यो उमेर समुहका ९१ जनाले चैत ११ देखि जेठ मसान्तसम्म आत्महत्या गरेका छन् । त्यसपछि २६देखि ३५ बर्ष उमेर सहुका ८९ जना, ३६ देखि ४५ बर्ष उमेरका ५२ जना, ४६ देखि ६० उमेरका २८ जना, ६० बर्ष माथिका २७ जना र १६ बर्ष मुनिका २६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवार

बैदवारले प्रदेश नं. ५ मा यो अवधिमा सबैभन्दा धेरै कृषकले आत्महत्या गरेको बताए । चैत ११देखि जेठ मसान्तसम्म १४४ जना कृषक, ज्यामी ÷ मजदुरी गर्ने ४५ जना, गृहणी ४३ जना, बेरोजगार ३० जना, विद्यार्थी २९ जना, बैदेशिक रोजगारीका ६ जना, व्यापारी ४ जना, चालक–सहचालक २ जना, कर्मचारी १ जना, राजनीतिज्ञ १ जना र अन्य ९ जनाले आत्महत्या गरेका छन् ।कृषक तर्फ चैतमा ३९, बैशाखमा ४४ र जेठमा ६१ जनाले संख्या क्रमिक रुपमा बढ्दै गएको देखिएको छ ।वितेको अढाई महिनाको अवधिमा पुरुष १७७, महिला १२९ र अन्य ८ जनाले आत्महत्या गरेका छन् ।चैतमा महिला २७ र पुरुष ४२, बैशाखमा महिला ३९ र पुरुष ६५, जेठमा महिला ५३ र पुरुष ७० र अन्यमा बैशाखमा ४ र जेठमा ४ जनाले आत्महत्या गरेका छन् ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले विना कुनै कारण आवेशमा आएर अढाई महिनामा १४१ जनाले आत्महत्या गरेको देखिन आएको जानकारी दिएका छ्न । उनका अनुसार यो अवधिमा पारिवारीक कलहका कारण ५४ जना, गरिवीका कारण २४ जना, प्रेममा धोका खाएर १६ जना, व्यवसायिक तनावले गर्दा ४ जना, दिर्घ रोगी २२ जना, असफल प्रेम ४ जना र अन्य विविध कारणले थप ४८ जनाले आत्महत्या गरेका छन् ।

प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले सबैभन्दा धेरै आत्महत्या घर भित्रै कोठामा हुने गरेको जानकारी दिए । यो अवधिमा घर भित्रै १५४ जना, गोठमा १६ जना, रुखमा ७२ जना र अन्य विभिन्न स्थानमा १६ जनाले आत्महत्या गरेका छन् ।तथ्याङ्क अनुसार यो अवधिमा सबैभन्दा धेरै तरकारीमा राख्ने विष सेवन गरि ३२ जनाले आत्महत्या गरेका छन् । विउविजयनमा राख्ने विषादी सेवन गरि ९ जना, जनावरको जुर्मा मार्ने विषादी सेवन गरि ३ जना, मुना मार्ने विषादी सेवन गरि २ जना, वनस्पतिमा राख्ने विषादी सेवन गरि १ जना र अन्य विभिद विषादी सेवन गरि ७ जनाले यो अवधिमा आत्महत्या गरेका छन् ।

करिव अढाई महिनाको अवधिमा गाउँमा बस्ने १९१ जना र शहरमा बस्ने १२२ जनाले आत्महत्या गरेका छन् । यो बीचमा ९ जनाले आत्महत्या पूर्व सूसाईड नोट पनि लेखेको प्रदेश प्रहरी प्रबक्ता बैदवारले जानकारी दिए । प्रदेश नं. ५ मा चैत ११ गतेदेखि जेठ महिनासम्म ३९३ जनाले आत्महत्या गरेका छन् । प्रदेश नं. ५ का १२ जिल्लामा ८२ दिनमा ३९३ जनाले आत्महत्या गरेका हुन । तथ्याङ्क नियाल्दा दैनिक ४ जना बढीका दरले आत्महत्या गरेको देखिएको छ ।नेपाल सरकारले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संग जुद्ध र संक्रमनबाट जोगिन भन्दै चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।चैत ६९ जना, वैशाखमा ११७ जना र जेठमा १२७ जना गरि कुल ३९३ जनाले आत्महत्या गरेका छन् ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *