तुलसीपुर, असार ८ । दाङ र कपिलबस्तुमा गरि पानीमा डुवेर तीन जनाको मृत्यु भएको छ । दाङको राप्ती नदीमा डुवेर गढवा गाउँपालिका वडा नं. २ का ३५ बर्षीय दिनदयाल चौधरीको मृत्यु भएको छ
। खेत रोपेर फर्किने क्रममा चौधरीलाई आइतवार साँझ बेलुका सात बजेतिर राप्ती नदीको बाढीले बगाएर मृत्यु भएको छ । प्रहरीका अनुसार उनको खेत राप्ती नदी पारी रहेको हुँदा उनी खेत रोपेर फर्किने क्रममा नदीमा आएको बाढीले बगाएर मृत्यु भएको हो ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारका अनुसार कपिलबस्तुमा पानीमा डुवेर थप दूई बालबालिकाको मृत्यु भएको छ ।
सुद्धोधन गाउँपालिका वडा नं. २ बर्गदवामा ७ बर्षीया माया चौधरीको आफ्नै माछा पोखरीमा डुवेर आइतवार मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यस्तै कपिलबस्तु नगरपालिका वडा नं. ३ करमपुर निवासी जयकरण देवकोटाको ५ बर्षीय छोराको घर नजिकै खेतको खाल्डोमा डुवेर मृत्यु भएको छ । यी बालकपनि आइतवार बेलुका सवा ६ बजेपछि खेतको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।