२०८३ असार २८ गते आइतवार

बोर्डिङ सञ्चालकहरूले भने – लकडाउन अवधिको पनि शुल्क तिर्नु

पुष्पकमल डाँगी,तुलसीपुर असार ७। निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेको छ। एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले आइतबार संयुक्तरुपमा विज्ञप्ति निकालेर लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन्। २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क बुझाउन आग्रह गरेका छन ।

विद्यालयको एकमात्र आर्थिक स्रोत अभिभावकले तिर्ने शुल्क भएकोले समयमै उपलब्ध गराइदिन उनीहरूले आग्रह गरेका हुन्। कोरोना महामारीपछि आर्थिक संकटका बेला सरकारले निजी विद्यालयलाई राहतलगायत सहयोग नगरेको प्याब्सन र नेशनल प्याब्सनको भनाइ छ। निजी विद्यालयले गत वैशाखदेखि आफ्नै पहलमा वैकल्पिक विधिबाट पठनपाठन गराउँदै आएको पनि उल्लेख गरेका छन्। लकडाउनले विद्यालय बन्द हुँदा आम्दानी शुन्य भएको र विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक, कर्मचारी र उनीहरूका परिवारले जीवनयापन कठिन भएको विज्ञप्तिमा भनिएको छ

प्रकाशित मिति : २०७७ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *