२०८१ पुष २९ गते सोमवार

तुलसीपुरको नीति तथा कार्यक्रम – स्वास्थ्य र कृषि प्राथमिकतामा

तस्बिर : फरककोण

यमकला भुसाल,
तुलसीपुर,असार ५ ।तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गरेको छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखिएको छ । उपमहानगरपालिकाले विगतका वर्षहरुमा विकास निमार्ण,पुर्वाधारका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने गरेको भएपनि आगामी वर्षका लागि भने स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राखिएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

कार्यक्रम सार्वजनिक गर्दै मेयर पाण्डेले भने – ‘सारा विश्व नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण कठिन अवस्थामा गुज्रिरहेको बेला जीवन जोगाउने कुरा सबैभन्दा महत्वको विषय हो। त्यसैको आधारमा स्वास्थ्य क्षेत्रमा आर्थिक वर्षको सबैभन्दा महत्वपुर्ण कार्यक्रमका रुपमा अगाडी सारिएको हो । कोभिड–१९ लगाएतका महामारी तथा अन्य संक्रामक रोग न्यूनिकरण कार्यक्रमलाई उच्च प्राथमिकता दिई यसको रोकथाम,नियन्त्रण,पुर्व तयारी र प्रतिकार्यको व्यवस्थापन गर्दै पालिका भित्र जिवन बचाउने औषधी,औषधीजन्य सामाग्री तथा सुरक्षा सामाग्रीको सहज आपुर्ति वा भण्डारणको व्यवस्था गरि नगरबासीलाई सुरक्षित राखिने उनले बताए ।त्यस्तै भिमशेन नगर स्वास्थ्य प्रर्वद्धन केन्द्रलाई २५ बेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गरिने,प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा स्थापित बेलझुण्डी कोरोना विषेश अस्पताललाई प्रदेश स्तरकै सरुवा रोग नियन्त्रण अस्पतालका रुपमा विकास गर्न सघं र प्रदेश सरकारसगं सहकार्य गर्ने कुरा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै आगामी वर्षको कार्यक्रममा कृषिका कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राखिएको पाण्डेले बताएका छन् । कोभिड–१९ को महामारीका कारण घर गाँउमा फर्किएका युवाहरुलाई कृर्षि क्षेत्रमा गाउँ घरमै रोवगार दिने व्यवस्था मिलाइने र उत्कृष्ट कृषकलाई प्रोत्साहनका लागि कृषक परिचय पत्र वितरण र सम्मानलाई निरन्तरता दिइने उनले बताए । कृषिमा लाग्नेहरुलाई जग्गाको भाडा नगरले तिर्ने नीति अख्तियार गरिएको छ । करिब २ सय कृषकलाई कृषक परिचय पत्र वितरण र उत्कृष्ट कृषक सम्मानको प्रक्रिया थालनी गरेको भन्दै मेयर पाण्डेले साथै आगामी वर्षमा ब्यावसायिक कृषकहरुलाई विशेष अनुदान प्रदान गर्ने व्यवस्था मिलाइएको बताए ।

त्यस्तै शिक्षाको कार्यक्रममा कोभिड–१९ का कारण तुलसीपुरका शैक्षिक संस्थाहरु हाल बन्द रहेको भएपनि सहज अवस्था नहुदाँ सम्मका लागि बैकल्पिक विधिबाट विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिइने उल्लेख छ ।सिचाँई तर्फ खेतीयोग्य जमिनमा सिचाई सुविधा विस्तार,पानी भण्डारण क्षमता बृद्धि गरि पानीका स्रोत संरक्षण र नगरका साना खोलाहरुमा हार्भेष्टिङ ड्याम निमार्ण गरि सिचाँईको प्रबन्ध मिलाउने कुरा उल्लेख छ ।

बित्तिय सेवा तथा सहकारीको विकासे कार्यक्रमहरु तर्फ शिक्षा,स्वास्थ्य,यातयात र सुपथ मुल्य पसल खोल्न सहकारी संस्थालाई प्रोत्साहन गरि मुल्यांकनको आधारमा उपमहानगरपालिकाबाट शेयर तथा अनुदान प्रदान गरिने छ ।त्यस्तै कानुनी मामिला र न्याय सम्पादन कार्यक्रम तर्फ महिला बालबालिका तथा सामाजिक विकास शाखासगं समन्वय गरि उप–मेयर लैंगिक हिंसा सुरक्षा कार्यक्रम सञ्चालन गरिने छ । सूचना तथा सञ्चार,दिगो विकासको आधार कार्यक्रममा खोज पत्रकारिता कार्यक्रमलाई प्राथमिकता दिने जस्ता कुराहरु कार्यक्रममा समेटिएका छन् ।

युवा तथा खेलकुद, फोहोरमैला व्यवस्थापन तथा सरसफाई, खानेपानी, पर्यटन, सडक तथा यातयात, विपद व्यवस्थापन, राजश्व परिचालन, सामाजिक सुरक्षा लगाएत अन्य पुराना कार्यक्रमहरुलाई आगामी वर्षमा पनि निरन्तरता दिने जस्ता कुराहरु कार्यक्रममा समेटिएका छन् ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *