२०८१ माघ १० गते बिहिवार

खसी बाख्रा बेचेर २५ लाख बढी आम्दानी

शंकर केसी,
सल्यान, जेठ ३१ ।समूहमा आवद्ध भएर सल्यानका किसानले बाख्रा पालन ब्यवशायबाट मनग्य आम्दानी लिन सफल भएका छन् । गत साउन यता जागृती मिस्रित बाख्रापालन समिति कपुरकोट ३ का किसानहरुले २५ लाख भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । बाख्रापालन समितिका अध्यक्ष तारासिंह खड्काले आफ्नो समिति अन्तर्गत ५ वटा समूहहरु रहेको र समूहका सदस्यहरुले खसी, बोका विक्रिबाट २५ लाख बढी आम्दानी गरेको जानकारी दिए ।

२०७३ सालमा गठन भएको समितिमा हाल ६० जना सदस्यहरु छन् ।गत फागुन यता समूहका किसानहरुले ९२ वटा खसी विक्रि गरेका छन् । त्यसबाट १३ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको समितिका सामाजिक परिचालक बालिका सेनले बताइन । पशु पालन ब्यवशायका लागि सल्यान उत्तम स्थान मानिन्छ ।

५ वटा समूहमा हाल १ हजार ३ सय बाख्रा पालेका छन् ।१ सय ५० खसी तथा माउ, बाख्रा र पाठापाठीको संख्या १ हजार १ सय ५० रहेको छ । समूहका किसानले १ सय ५४ वटा गाई र भैंसीपनि पालेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *