२०७८ बैशाख ३१ गते शुक्रवार

नगर सभामै सामाजिकदुरी भएन – जनप्रतिनिधि


तुलसीपुर, जेठ २८ । बुधवार तुलसीपुर उपमहानगरपालिकाको ६औं नगरसभा जारी छ । यो चालू बर्षको अन्तिम नगर सभा हो । तुलसीपुरस्थित विएचएस पार्टी प्यालेसमा नगरसभा चलिरहेको छ । जसमा झन्डै एकसय बढी जनप्रतिनिधिहरु सहभागि छन् । मेयर, उपमेयर, कार्यपालिका सदस्यहरु, १९ वटै वडाका वडाध्यक्षहरु, वडा सदस्य लगाएका छन् ।

स्थानीय सरकारको नगरसभामा सामाजिक दुरी भने कायम गरिएको छैन । ‘लक्सरै कुर्सी राखिएको छ,’ एक जनप्रतिनिधिले भने ‘आपसी भौतिक दुरीको ख्याल गरिएको छैन।’ उनले नगरसभामा बस्नपनि आफुलाई डर लागेको प्रतिक्रिया दिए । कोरोना भाइरसको महामारीको समयमा स्थानीय सरकारले समेत आपसी सामाजिक दुरी कायम नराखी नगर सभा आयोजना गर्दा जोखिम बढेको उनले चिन्ता जाहेर गरे ।

जारी नगर सभामा महालेखा परिक्षकको प्रतिवेदन, बिधायन समितिको प्रतिवेदन, वन, वाताबरण तथा विपद समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७७ ÷ ०७८ को योजना तर्जुमा सम्बन्धि मार्ग दर्शन सम्वन्धि कार्यसूचि रहेका छन् । तीनै विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *