२०७८ जेष्ठ २ गते आइतवार

मास्कमा कालोवजारी-घोराहीका ३ पसललाई २० हजारदेखि २ लाख सम्म जरिवाना


तुलसीपुर, जेठ २६ । बढी मुल्यमा मास्क बेच्ने घोराहीका तीन वटालाई पसल कारवाहीमा परेका छन् । बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले सोमवार गरेको अनुगमनका क्रममा यूनाईटेड साईन्टिफिक एण्ड सर्जिकल हाउस प्रालि र लक्की सर्जिकल एण्ड सप्लायर्सलाई जनही दूई÷दूई लाख जरिवाना तोकिएको छ ।

ती दुई सर्जिकल पसलहरुले ३० देखि ५० प्रतिसत सम्म बढी मुल्यमा सर्जिकल मास्कहरु विक्रि गरेको पाइएको हुँदा उक्त जरिवाना गरिएको बाणिज्य कार्यालयका सूचना अधिकारी देविलाल चौलागाँईले जानकारी दिए । त्यस्तै घोराहीकै चाहाना सर्जिकल एण्ड सप्लार्यलाई २० हजार रुपैंया जरिवाना तोकिएको छ । उक्त पसलले खरिद बिल देखाउन नसक्दा कारवाही भोग्नु परेको हो ।

सात दिन भित्र जरिवाना तोकिएको रकम ती पसलहरुले बुझाउनु पर्ने छ । अन्यथा पसल सिल गर्ने लगाएका अन्य कारवाही अगाडि बढाइने चौलागाँईले जानकारी दिए । उपभोक्ताको गुनासोको आधारमा बाँकेवाट आएर बाणिज्यका पदाधिकारीहरुले स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ, घरेलु, घोराही नगरका प्रतिनिधिको रोहवरमा घोराही बजार अनुगमन गरेको चौलागाईले बताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *