२०८१ फाल्गुन ६ गते मङ्गलवार

वातावरण दिवसमा – विपद् पूर्व तयारी अभ्यास


तुलसीपुर, जेठ २४। शुक्रबार विहानै जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले बबई नदीको सितलपुर क्षेत्रमा चेतावनी क्षेत्रपार गरेको सूचना दियो । त्यो सूचना स्थानीयलाई म्यासेज आएको थियो । जसमा मापन केन्द्रमा चेतावनीको तह पारगरेकोले सुरक्षित ठाउँमा जान आह्वान गरिएको थियो ।त्यसको केही बेरमा नवराज रावतले समुदायमा खवरदारी गरे । उनी तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरीयाको सामुदायिक विपद व्यवस्थापन समितिका संयोजक हुन । रावतको खवरदारी लगतै समुदायका मानिसहरु सुरक्षित ठाउँतिर जान हतार हतयार तयारी गरे । निस्किएर सुरक्षित स्थानमा पुगे ।

त्यसको केही बरेमै जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङबाट फेरि अर्कौ म्यासेज आयो । जसमा बबई नदीको सितलपुर क्षेत्रमा जलसतह सामान्ने अवस्थामा फर्किएको र तत्कालै कुनै खतरा नभएको हुँदा सजग भइ घर फर्किन अनुरोध गरिएको थियो । त्यो म्यासेज पछि स्थानीय घर फर्किए । उद्यपी यो अभ्यास मात्रै थियो । बाढी आउँदा विपदको समयमा कसरी सुरक्षित हुने भन्ने पूर्व तयारी शिक्षा समुदायलाई दिने प्रयास गरिएको विपद् पूर्व तयारी र बाढी पूर्व सूचना प्रणाली सवलिकरण परियोजनाका कार्यक्रम संयोजक सन्तोष ढकालले बताए ।

लमही नगरपालिका वडा नं. ८ धनपुरुवा पनि बाढीको दृष्टिकोणले उच्च जोखिम क्षेत्र हो ।
राप्ती नदीको बगासोती जलमापन केन्द्रमा जलसतहले चेतावनी तह पार गरेको सूचना जारी गरे लगतै स्थानीय लक्ष्मीप्रशाद चौधरीले पनि समुदायलाई सूचित गरे । सुरक्षित ठाउँमा जान सबैलाई आह्वान गरे । त्यहाँका स्थानीयले पति सोही अभ्यास गरे । विपदको समयमा बाढीबाट कसरी जोगिने ? भनेर पूर्व तयारी गरे ।

यूएसएआइडीको सहयोग र प्राक्टिकल एक्सनको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी उपशाखा दाङले विपद् पूर्व तयारी र बाढी पूर्व सूचना प्रणाली सवलिकरण परियोजना सञ्चालन गरेर सचेतीकरण कार्यक्रम गरेको हो । दाङमा मध्य राप्ती जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा पर्छन ।

ती समुदायलाई गएर शुक्रवार बाढीबाट सुरक्षित राख्न र पूर्व सूचना प्रणालीको अभ्यास गरिएको हो। एकै समयमा ६८ ओटा समुदायमा यस्तो अभ्यास गरेर सचेत पारिएको विपद् पूर्व तयारी र बाढी पूर्व सूचना प्रणाली सवलिकरण परियोजनाका कार्यक्रम संयोजक सन्तोष ढकालले जानकारी दिए।
दाङमा बबई जलाधार क्षेत्रमा ४ वटा पालिका अन्तरगत २८ वटा समुदाय बाढीको उच्च जोखिममा रहेका छन् भने मध्यराप्ती जलाधार क्षेत्रमा ४ वटा पालिका भित्र ४० वटा समुदाय बाढीको उच्च जोखिममा छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस
  1. Santosh Dhakal says:

    Thank you for your support Narayan Khadka Dai & Farakkon Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *