Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


खानेपानीद्धारा एक महिनाको न्यूनतम शुल्क मिनाहा



तुलसीपुर, वैशाख २७ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले एक महिनाको खानेपानीको न्यूनतम महशुल छुट दिने निर्णय गरेको छ ।न्यूनतम शुल्क भनेको १ सय ५० रुपैंया हो । लकडाउन अवधिमा जरिवाना शुल्क समेत नलाग्ने भएको छ ।

संस्थाका अध्यक्ष खेमराज वली र सचिव मनोज लामिछानेले शनिवार जारी गरेको संयुक्त विज्ञप्ति मार्फत उक्त जानकारी दिएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसका कारण सृजना भएको असहज परिस्थितिमा सम्पूर्ण उपभोक्ताको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । तुलसीपुर खानेपानीमा हाल ६ हजार ६ सय जति बढी उपभोक्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal