दाङ मंगसिर ९ । दाङको अमेलियामा एम्बुलेन्स दुर्घटना भएको छ। एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रा १ च ७८१ नम्बरको एम्बुलेन्स रुकुमबाट बिरामी लिएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको एम्बुलेन्स आइतबार बिहान करिब २ बजेतिर लमही नगरपालिका-९ अमेलिया नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा रुकुम मगमा निवासी ७ वर्षीय भिमु जैसी, एकजना विरामीको आफन्त र एम्बुलेन्स चालक घाइते भएका हुन् । घाइते तीनैजनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।
प्रकाशित मिति : २०७५ मङ्सिर ९ गते आइतवार