२०८२ माघ २ गते शुक्रवार

भारतवाट तरकारी र फलफूल ल्याएर बेच्ने ४ जना क्वारेन्टाइनमा पठाइए

तस्विर – सुरेश श्रेष्ठ

तुलसीपुर, बैशाख २ । तुलसीपुरको सब्जिमण्डीलाई तीन दिन सिल गरिएको छ । भारतवाट तरकारी तथा फलफूल ल्याएर विक्रि वितरण गरेको पाइएपछि मंगलवारदेखि सब्जिमण्डी तीन दिन सिल गर्ने निर्णय भएको हो ।

साथै चालक, विक्रि गर्ने पसलेसहित चारजनालाई क्वारेन्टाइनमा पठाइएको छ । तुलसीपुर बसपार्कस्थित सब्जिमण्डीका एक पसले , तुलसीपुर सब्जिमण्डीका एक फलफूल पसले, अर्का एक तरकारी पसले र एकजना चाकललाई क्वारेन्टाइनमा पठाइएको छ ।

तुलसीपुरका जनस्वास्थ्य निरिक्षक विमल केसीले सब्जिमण्डीका मनोज गुप्ताको मनोज फ्रूट सेन्टर, प्रकाश सापकोटाको तरकारी पसल र बसपार्कस्थित आलुमण्डीको एउटा पसलमा तालाबन्दी गरिएको जानकारी दिए । उनीहरुले निर्णय विपरित भारतवाट फलफूल तथा तरकारी ल्याएर बेच्ने गरेको पुष्टि भएपछि ती पसलमा तालावन्दी गरिएको केसीले बताए ।

यसका साथै भारतवाट फलफूल र तरकारी ओसार्न प्रयोग गरिएका दुईवटा गाडीपनि नियन्त्रणमा लिइएको छ । तुलसीपुर सब्जिमण्डीका अध्यक्ष भूपलाल खड्काले आफुहरुले भारतवाट तरकारी तथा फलफूल नल्याउन गरेको आग्रहलाई व्यबसायीहरुले अटेरी गर्दै आएको हुँदा कोरोनाको जोखिम बढेको भन्दै चिन्ता जाहेर गरे ।

तुलसीपुर उद्योगवाणिज्य संघका पदाधिकारी, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, कर कार्यालयका पदाधिकारीहरुले उक्त निर्णय गरेका हुन ।

प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *