तुलसीपुर, चैत २५ । जिल्ला प्रशासन कार्यालय दाङले अवदेखि जिल्लाभर तीन दिन मात्रै किनमेल गर्न पाइने नियम लागु गरेको छ ।
लकडाउनलाई थप प्रभावकारी वनाउन हप्तामा तीन दिन आइतवार, मंगलवार र शुक्रवारमा मात्रै अत्यावश्यक खाद्यान्न पसल सञ्चालनगर्न पाइने भएको छ । यो नियम सुरुमा तुलसीपुरमा लागु गरिएको थियो । त्यसको सिको गर्दै जिल्ला भर त्यही नियम लगाउन सर्कुलेसनजारी गरिएको छ।
जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले मंगलवार जारी गरेको बक्तव्यमा हप्तामा तीन दिन विहान ६ बजेदेखि ९ बजेसम्मा मात्रैअत्यावश्यक बस्तुको किन बेच गर्न पाइने उल्लेख गरेका छन् । मंगलवार सरकारले जारी गरेको लकडाउनको अवधि १५ दिन पुगिसकेको छ । त्यसलाई थप प्रभावकारी बनाउन यो नियम लागु गरिएको प्रहरीले जानकारी दिएको छ। यो संगै अव हप्तामा चार दिन पुरैलकडाउन हुने भएको छ ।
लकडाउन उलंघन गर्नेलाई कम्तिमा दुई घन्टा होल्ड
मंगलवार लकडाउन उलंघन गर्ने ५९ व्यक्ति प्रहरीको होल्डमा परे । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जकक भट्टराईलकाअनुसार त्यसमा ५४ पुरुष र ५ महिला थिए ।
यसरी लकडाउन उलंघन गरेर हिड्ने मानिसहरुले प्रहरीले उपकरणद्धारा नियन्त्रणमा लिएर होल्डमा राख्दै आएको छ ।
‘अटेरी गर्नेलाई कम्तिमा दुई घन्टा राखिन्छ,’ एसपी भट्टराईले भने ‘अवस्था हेरेर चार÷पाँच घन्टासम्म पनि होल्डिङ गरेर क्लास दिइछोडिन्छ।’
घाममा होल्डिङमा राखेकोहरुलाई कोरोना भाइरसको संक्रमण बारे संझाए छोड्ने गरिएको छ । यसैबीच लकडाउन उलंघन गर्ने ६५ वटासवारी साधन नियन्त्रणमा लिएको जानकारी दिएको छ ।