२०८१ बैशाख १३ गते बिहिवार

नेविसंघका लहरेको टिमले माक्स र ग्लोप्स बाँड्यो

तुलसीपुर, चैत १९ । नेपाल विद्यार्थी संघ दाङका कोषाध्यक्ष अरुण लहरेको टिमले तुलसीपुरमा मास्क र ग्लोप्स बाँडेको छ । कोरोना भाईरसवाट जोगिन अति आवश्यक मानिने मास्क र हातमा लगाउने पञ्जा विभिन्न व्यक्तिहरु संग सहयोग संकलन गरेर सुरक्षाकर्मी लगाएत वडा कार्यालयहरुमा वितरण गरेको उनले जानकारी दिए।

तुलसीपुरका निर्माण व्यवसायी गेहेन्द्रकुमार गिरीले प्रदान गरेको दश हजार र तुलसीपुर उपमहागनरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले प्रदान गरेको १ सय ५० मास्क बाहेक आफुले पनि रकम थपेर ती सामाग्री वितरण गरिएको लहरेले जानकारी दिए ।

तलसीपुर,६,७,८, ईलाका प्रहरी कार्यालय तुलसीपुर, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर लगाएत केही सर्वसाधारणलाई समेत ती सामाग्री प्रदान गरिएको लहरेले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *