२०७८ असार ४ गते शुक्रवार

कपिलबस्तुमा पोखरीमा डुबेर दाजुभाईको मृत्यु

कपिलबस्तु, चैत १४ । कपिलवस्तुमा शुक्रवार दिउँसो पोखरीमा डुवेर दुई वालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ वेलहवामा दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको हो । १२ बर्षीय सलमान धुनिया मुसलमान र वर्षीय १० बर्षीय अरमान धुनिया मुसलमान रहेको प्रहरीले बताएको छ ।

उनीहरु दुबै तरवेज धुनियाका छोराहरु हुन । दुई दाजुभाईको गाँउकै सामुदायिक माछापालन गरिएको पोखरीमा डुवेका हुन ।अचेत अवस्थामा उद्धार गरेर कपिलवस्तु अस्पताल तौलिहवामा पु¥याए लगतै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

दुईवटै शव पोष्टमार्टमका लागि अहिले कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *