२०८१ बैशाख १९ गते बुधवार

दाङमा भित्रिए एक करोड मुल्य पर्ने बसहरु


राजेश खत्री,
तुलसीपुर ,फागुन २५ । तुलसीपुरस्थित अम्विकेश्वरी यातायात प्रालिले झन्डै एक करोड मुल्य बराबरका बसहरु भित्र्याएको छ । यति महंगो बसहरु जिल्लामा भित्र्एिको यो नै पहिलो पटक हो । प्रालिका सचिव घनश्याम बस्नेतले आइतवार प्रालिले अत्याधुनिक दुईवटा बस भित्र्याएको र दुईवटै बसको मुल्य झन्डै दुई करोड जति पर्न गएको जानकारी दिए । ‘एउटा बसको मुल्य ९० लाख जति परेको छ,’ बस्नेतले भने ‘यति महंगो बस हालसम्म जिल्लामा आएकै थिएन।’

बसमा नयाँ कुरा के छ ?
यो बसमा अरु बसमा जस्तो पट्टा छैन । त्यसको ठाउँमा सस्पेन्सर छ । त्यसले गर्दा खाल्डा खुल्डीमा कम उफार्छ । चोट पटक लाग्ने संभावना कम हुन्छ । अनि यात्रुले आरमदायी यात्रा गर्न पाउँछन् । बसमा हरेक यात्रुको लागि सिट बेल्टपनि छ । भित्र प्लेनको जस्तै यात्रुका लागि सामान राख्ने र्याक छ ।

बसमा यात्रु बस्ने सिटहरु अन्य बसको भन्दा सुविधा सम्पन्न छन् । मज्जाले फोल्डिन गर्न मिल्छ । हरेक सिटमा बल्याङकेट पनि राखिएको छ । एसी चलाउँदा कुनै यात्रुलाई जाडो÷ चिसो महसुश गरेमा ओड्न सक्छन् । यी बसमा अन्य एसी बसमा जस्तो झ्यालहरु खोल्न नमिन्ले अवस्था छैन । यात्रुले चाहेको समयमा झ्यालपनि खोल्न मिल्ने सुविधा छ ।

एविएस अर्थात एन्टि ब्रेकिङ सिस्टम (अटोमेटिक रोकिने) प्रविधि छ । त्यसले गर्दा दुर्घटनाको जोखिम न्यून हुन सक्छ । बस भित्र यात्रुको निगरानीका लागि अगाडि र पछाडि सिसी टिभीपनि छ । रात्रि बसमा कसैले बदामासी गरे पक्राउ पर्ने छ ।

सिसी टिभी फूटेजको आधारमा कारवाही हुने छ । जसवाट महिला माथि हुने दुरव्यवहार र यौनहिंसाका घटनामा कमि आउने अपेक्षा गरिएको छ । प्रालिका सचिव बस्नेतले बसमा वाईफाईको फ्रि सुविधा समेत रहेको बताए ।

नयाँ बसले सोमवारदेखि सेवा सुरु गर्दै छन् । तुलसीपिुर–काठमान्डौं रुटमा रात्रि सेवा सुरु गर्दै छन् ।
तर यी बसमा यात्रा गर्नेले अरु बस भन्दा केही बढी रकम तिर्नुपर्ने छ । दाङ–काठमान्डौं बस भाडा प्रति व्यक्ति साढे १२ सय रुपैंया कायम गरिएको सचिव बस्नेतले जानकारी दिए । अन्य बसमा दाङ–काठमान्डौंको भाडा एक हजार ५० रुपैंया तिर्नु पर्छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *