२०८१ बैशाख ७ गते शुक्रवार

राइटपाथ करियर काउन्सेलिङ दाङ शाखा दोस्रो बर्षमा प्रवेश

तुलसीपुर,१ फागुन । दाङको तुलसीपुर सञ्चालन हुदै आएको राइटपाथ करियर काउन्सेलिङ दोस्रो बर्षमा प्रवेश गरेको छ ।

काठमाडौंस्थित पुतली सडकमा मुख्य कार्यालय रहेको राइटपाथ करियर गत बर्ष फाल्गुन १ गते दाङको तुलसीपुरमा स्थापना भएको थियो । दोस्रो बर्ष प्रवेशको अवसरमा संस्थाको कार्यालयमा बिहिवार एक कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा राइटपाथका संस्थापक सिइओ फिलिप डि.सीले अब्रोड स्टडिमा जाने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श दिनकै लागि राइटपाथको स्थापना भएको बताए ।

डिसीले युके जाने विद्यार्थीको पहिलो रोजाई राइटपाथ बन्न सफल भएकोमा खुसी व्यक्त गर्दै पछिल्ला दिनमा बिश्वकै विद्यार्थीको प्रमुख डेस्टिनेशन भएको बताए ।

स्थापना कालदेखी अहिले सम्म राइटपाथ दाङले २० भन्दा बढी विद्यार्थीललाइ उच्च शिक्षाका लागि युके एवम् अष्ट्रेलिया र क्यानडा पठाउन सफल भएको राइटपाथ दाङका म्यानेजिङ डाइरेक्टर मेघराज वलिले दिए ।

उनले हालका दिनमा विद्यार्थीहरुको अस्ट्रेलिया पछिको रोजाइ युके भएको र दाङबाट युके भिसा ९७ प्रतिशत सफल भएको पनि जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *