तुलसीपुर,माघ २८ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले पुन ः नारायण आचार्यलाई सभापतिमा चयन गरेको छ । यो उनको लगातार पाँचौं कार्यकाल हो । हापुरेमा सोमवारदेखि सुरु भइ मंगलवार सम्म चलेको रेडक्रसको ३६ औं जिल्लासभाले सर्बसहमतिमा आर्चायको सभापतित्वमा १७ सदस्य कार्यसमिति चयन गरेको छ ।
दुई वर्षे कार्यकालको लागि उपसभापति मदन गौतम, महिला उपसभापति भगवती शर्मा, मन्त्री प्रकाश श्रीवन्द,कोषाध्यक्ष खुसल तर्ताल,उपमन्त्री बिष्णुबहादुर थापा,उपकोषाध्यक्ष ज्ञानप्रसाद आईतवारेलाई चयन गरिएको छ ।
कार्यसमिति सदस्यहरुमा भिमलाल मरासनी,देवीका नेपाली , हरिहर पौडेल, मदन धिताल,प्रमोद पौडेल,दीपक यादव, देवी घिमिरे, लक्ष्मी आर्चाय, लोकराज वली र नरेशजंग राणालाई सर्वसम्त रुपमा चयन गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण आर्चायको सभापतित्व तथा संघीय सांसद हिराचन्द्र केसीको प्रमुख आथित्यता र नेपाल रेडक्रस सोसाईटी प्रदेश नं ५ का अध्यक्ष शम्भुप्रसाद पोख्रेलको बिशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै सांसद केसीले विपतको सयमा रेडक्रसले मानविय सेवाको क्षेत्रमा गर्दै आएको भुमिकाको प्रशंसा गरे । उनले भविस्यमा झनै फराकिलो भएर कार्य सम्पादन गर्न आग्रह गरे ।
कार्यक्रममा रेडक्रसका प्रदेश ५ का अध्यक्ष पोख्रेल , बबई गाँउपालिका अध्यक्ष भुबनेश्वर पौडेल,उपाध्यक्ष साबित्रा बिश्वकर्मा, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का,नेपाली काँग्रेस दाङ जिल्ला सदस्य राजु आर्चाय, टोपबहादुर महतरा, नेकपा पवननगर उपशाखा शभापति दोर्णबहादुर वली लगायतकाले मनतब्य व्यक्त गरेका थिए । माघ २७ र २८ गते दुई दिनसम्म सञ्चालन भएको जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रमको सहजिकरण शिब थापाले गरेका थिए ।