२०८१ असोज २४ गते बिहिवार

बसन्त पंचमीको अवसरमा बार्षिकोत्सव एवं पुरस्कार वितरण कार्यक्रम

तुलसीपुर,१७ माघ ।  बसन्त पंचमीको अवसरमा तुलसीपुर ७ स्थित मा.वि कालाखोलामा ३६ औँ बार्षिकोत्सव एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रध्यानाध्यापक राजिव ओझाको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले विषयगत पढाइका साथै विद्यालयहरूले बालबालिकाको चौतर्फी विकासका लागि जोड दिनुपर्ने बताए ।

सो अवसरमा वडा नं ७ का वडा सदस्य रामबहादुर जिसी,विद्यालयका पुर्व शिक्षक श्यामलाल पोख्रेल,नेपाली कांग्रेसका जोगेन्द्र विश्वकर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शैक्षिक शत्र २०७५ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत गरेका थिए ।

यसैबिच १३ औँ दक्षिण एसियाको खेलकुद अन्तर्गत खो–खो खेलमा नेपालको राष्ट्रिय टिमको तर्फबाट सहभागी भई द्धितीय स्थान हासिल गरि सिंगो नेपाल लगाएत विद्यालयको गौरब बढाउन सफल कक्षा १२ मा अध्धयनरत छात्रा सुमित्रा चौधरीलाई सम्मान गरिएको छ ।

विद्यालयका शिक्षक कमलमणी न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सह–प्रध्यानाध्यापक छवि न्यौपानेले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *