२०८१ असोज २९ गते मङ्गलवार

दामनको रिसोर्टमा बेहोस भएका आठ भारतीयको मृत्यु

काठमाडौं, माघ ७ । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठ जना भारतीयको मृत्यु भएको छ।

प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका आठ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए।

उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। ‘उपचारमा ल्याइएका मध्ये पाँच जनाको मृत्यु भइसकेको प्रहरी स्रोतले बताएको छ ।

अन्य तीन जनालाई लिन पुनस् हेलिकप्टर लिन गएको थियो। उनीहरूलाई अस्पताल ल्याउनसाथ मृत घोषणा गरिएको थियो।

मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेका छन्। सबैको नाम-ठेगानाको विवरण आइसकेको छैन।

उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए। उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ।

 

 

प्रकाशित मिति : २०७६ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *