२०८१ बैशाख ८ गते शनिवार

गोरखाको बारपाकमा अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय बनाइने

गोरखा, ३ मङ्सिर।  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्रमा प्रदेशभित्रका सबै जनताको पहुँचमा बिजुली, खानेपानी र सडक पु¥याउने योजना बनाएको बताएका छन  ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं १ मा आइतबार साधना लघुवित्त संस्थाको शाखा कार्यालयको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, “सरकारले दीर्घकालीन योजना बनाएर देशमा आर्थिक परिवर्तन गर्ने गरी राम्रो काम गरिरहेको छ ।”   जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर केन्द्र, प्रदेश र स्थानीय सरकार सबैले नेपाललाई समृद्धि राष्ट्रका रुपमा विकास गर्ने गरी खाका बनाएको बताएका छन ।

मन्त्री गुरुङले यस क्षेत्रको प्रवद्र्धनका लागि भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिए  । प्रदेशभित्र आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउनका लागि ३०० घरबास सञ्चालन गर्ने कार्यक्रम रहेको उहाँले बताए ।  “अहिले गण्डकी प्रदेशभित्र घरबास सञ्चालन गर्न चाहनेका लागि अनुदानको व्यवस्था गरेका छाँै” । विकास निर्माणको जिम्मा लिएर समयमा काम गर्नेलाई पुरस्कृत गर्ने र काम नगर्नेलाई दण्ड जरिवाना गर्ने प्रदेश सरकारको नीति रहेको छ  मन्त्री गुरुङले भने ।

प्रकाशित मिति : २०७५ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *