२०८१ असोज २९ गते मङ्गलवार

अतिक्रमण नहटाएरै किन,व्याक भए मेयर र प्रजिअ

तस्बिर : राजेश खत्री

राजेश खत्री,
तुलसीपुर, पुस २२ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजाल ग्वारखोलमा अतिक्रमण गरि निर्मित घर टहरा नहटाएरै फर्किएका छन् । मंगलवार उनीहरु तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ जहदागाउँको ग्वारखोला बगरमा सरकारी जग्गा अतिक्रमण गरि निर्मित घर टहरा हटाउन भन्दै डोजर नै लगेर दलबलसहित गएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुई भ्यान सुरक्षाकर्मी दश बज्दै गर्दा ग्वारखोलाको पुलमा पुगेको थियो ।

कपडादेवी–जहदागाउं जोड्ने पुल निर्माण भएसंगै पुलको पुर्वतिरको जग्गामा अतिक्रमण सुरु भएको थियो । झन्डै एकसय बढी विगाहा क्षेत्रफलमा फैलिएको एउटै कित्ताको सरकारी (ऐलानी) जग्गामा अतिक्रमण गरि निर्मित घर टहरा हटाउने निर्णय यसअघि नै तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकको गरिसकेको थियो । त्यहाँ निर्मित घर टहरा हटाउन आग्रह गर्दै तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक सूचना समेत यसअघि नै प्रकासित गरिसेको थियो ।

उक्त क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा प्रस्ताव गर्ने निर्णय गरिएको छ । मेयर डोजर र प्रहरीसहित पुगेपछि जगदागाउँका गाउँले पनि त्यहाँ ठूलो संख्यामा पुगे । मेयरले अतिक्रमण गरि निर्मित संरचना हटाएरै छोड्ने अडान लिए । त्यसपछि स्थानीयले ज्यानै गएपनि भत्काउन नदिने चेतावनी दिए ।

स्थिति तनाव पूर्ण वन्न अवस्था सृजना हुन थाल्यो । परिस्थितिलाई मध्यनजर गर्दैै छलफलहरु भए । सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तर भूमाफिलाई लखेटने कुरा भयो। त्यहाँ उक्त विषयमा सहमति कायम हुन सकेन । त्यसपछि तुलसीपुर उपमहानगरपालिकामै छलफल गर्ने भन्दै मेयर र प्रजिअ व्याक भए ।

दिउँसो उपमहानगरपालिकामा पनि छलफल भयो । त्यो छलफलले पनि ठोस सहमति भने गर्न सकेन । तुलसीपुर वडा नं. १६ का अध्यक्ष भूपबहादुर केसीका अनुसार छलफलमा बास्तविक भूमिहिनहरुलाई एक विगाहा जति जग्गा छुट्याएर दिने र बाँकी जग्गा भने नगरपालिकाले लिने विषयमा छलफल केन्द्रित भएको बताए । थप छलफलहरु गरेर समस्या समाधान हुने कुरामा आफु आशावादी रहेको अध्यक्ष केसीले बताए ।

मैले हैन मेरो बुवाले गरेको कारोवारो हो – दीपक कुमाल
सरकारी जग्गा व्यक्ति विषेशलाई विक्रि गरेको आरोप जनप्रतिनिधिहरुलाई समेत लागेको छ ।
ग्वारखोला बगरमा जग्गा किनेका मध्य केहीले मेयर पाण्डे र प्रजिअ रिजालको सामुन्ने आफुहरुले तुलसीपुर उपमहानगरपालिकाका कार्यपालका सदस्य दीपक कुमाल बाट जग्गा किनेको बताएका थिए ।

यो कुरामा नेकपाका युवा नेता समेत रहेका कुमालले भने आफुले सरकारी जग्गा किनबेच नगरेको बताएका छन् । ‘ मैले बगरको जग्गा बेचेको छैन,’ कुमालले भने ‘ मेरो बुवाले २०६९ सालतिर त्यहाँ जग्गाको कारोवारो गर्नु भएको हो।’ तर उनले मंगलवार नै एकजनालाई जग्गाको बेचेको पैंशा फिर्ता दिएको र बुधवार अर्का एकजनालाई रकम फिर्ता गर्ने फोनमा जानकारी दिएका छन् ।
‘बुवाले गरेको कारोवारलाई छोराले गर्यो भन्नु गलत हो,’ कुमालले भने ‘ तैपनि मैले जग्गा बाफत लिएको पंैंशा फिर्ता गर्न थालेको छु।’

मेयर पाण्डे र प्रजिअ रिजालले भने सरकारी जग्गा किनबेच गरेको प्रमाणित भएमा जो सुकै भएपनि कारवाही गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २०७६ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *