दाङ,२० पुस । आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश नं. ५ मा नौ जना उम्मेदवारहरुले आइतवार आ–आफ्नो मनोनयन दर्ता गराएका छन ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्र्टीबाट तीन–तीन जना, समाजवादी पाटीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पाटीबाट एक जना गरि नौं जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन ।
प्रदेश नं. ५ मा नेकपाबाट अपांग सदस्यमा दाङबाट जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलबस्तुबाट बिमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्राईले मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ताको लागि नेकपाका उम्मेदवारहरु दाङको घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा ¥यालिका साथ पुगेका थिए ।
¥यालिमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व कृषिमन्त्री चक्रपानी खनाल, केन्द्रीय सदस्य नारायणी शर्मालगायतका नेताहरुमा सहभागि थिए । त्यस्तै नेपाली कांग्रेसबाट महिला सदस्यमा दाङकी गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेहराज अहमद हलुवाई र अन्यबाट अर्घाखाँचीबाट बालकृष्ण पाण्डेयले मनोनयन दर्ता गराएका छन ।
कांग्रेसका उम्मेदवार पनि मनोनयन दर्ता गर्न जाँदा ¥यालिका साथ पुगेका थिए । त्यो ¥यालिमा नेपाली कांगेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अत्तहर कलाम, राष्ट्रियसभा सदस्य अनिता देवकोटा,पूर्व सांसद राजु खनाल, बुद्धिराम भण्डारीलगायतका नेताहरुको सहभागिता थियो ।
समाजवादी पार्टीले राष्ट्रियसभा सदस्य पदका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन । अल्पसंख्यक सदस्य पदमामा बाँकेबाट सुनिल सिंघल र अन्यमा बर्दियाबाट कृष्णप्रसाद यादवले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
राष्ट्रिय जनमोर्चाको तर्फवाट एकजनाको मात्रै मनोनयन दर्ता भएको छ । कपिलबस्तुका शिवप्रसाद पौडेलले मात्रै आइतवार दाङको घोराहीमा आएर मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत थापाले बताए ।