मेयर र उपमेयर स्टेजमा नाँचे
दाङ,पुस १६ । नयाँ वर्ष सन २०२०को तुलसीपुरमा उल्लासमय ढंगले उद्घाटन गरिएको छ ।
नेपाल भ्रमण वर्षलाई सफल रुपमा मनाउन तुलसीपुर उपमहानगरपालिकाले पनि उल्लासका साथ ‘घुम्न जाँउ तुलसीपुर अभियान’लाई उल्लासका साथ स्वागत गरेको छ ।
तुलसीपुरको गणेश पार्कमा आयोजित उद्घाटन कार्यक्रममा तुलसीपुरका मेयर घनश्याम पाण्डे, उपमेयर माया आचार्य लगाएका अन्य विशिष्ट व्यक्तिहरुपनि नाचेर यसको स्वागत गरेका छन् ।
अभियानको प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले उद्घाटन गरेका हुन । कार्यक्रममा उल्लेखनिय दर्शकको सहभागिता थियो । कार्यक्रम स्थलमा नेवारी परिकार लगाएका विभिन्न खाजा तथा परिकारको खान पाइने व्यवस्था गरिएको थियो ।
कार्यक्रमका बक्ताहरुले भ्रमण वर्ष सफल पार्न सबैले हातेमालो गर्न जरुरी रहेको बताएका थिए । उनीहरुले विभिन्न पर्यटकीय, धार्मिक, सांस्कृतिक रितिरिवाज र पम्पराहरुको संरक्षण तथा संर्वधनमा लाग्न सके विदेशी पर्यटकपनि भित्र्याउन सकिने तर्क गरेका थिए ।
तुलसीपुरले एकलाख पर्यटक भित्र्याउन लक्ष्य लिएको छ । अभियान उद्घाटनका क्रममा विभिन्न भेषभुसा झल्कने खालका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
दंगाली चर्चित गायक समिर आचार्यले तिमि आउँछ्यौं भने आउ मेरो दुनिया बेग्लै छ, तिमि हिड्ने पिच गर्दिन छु रोड लगाएका गीतहरु प्रस्तुत गर्दा दर्शकहरु खुबै रमाएका थिए । कार्यक्रममा दंगाली लोक दोहरी गायक प्रेम विवश घर्तीले पनि विभिन्न प्रस्तुतीहरु राखेका थिए ।