२०८२ साउन १ गते बिहिवार

बिजौरीमा अनुसन्धान कार्यशाला

दाङ,पुस १५ । जनता विद्यापीठ बिजौरी अनुसन्धान व्यवस्थापन इकाईको आयोजनामा बिजौरीमा दुई दिने अनुसन्धानात्मक लेख लेखन सम्बन्धी कार्यशाला सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा ईकाइका संयोजक सहप्राध्यापक डा. ऋद्धिजंग शाहले अनुसन्धानात्मक लेखमा सन्दर्भ सामग्रीको प्रयोग तथा सहप्राध्यापक बाबुराम आचार्यले अनुसन्धानात्मक लेखमा बिभिन्न कृतीहरुको सन्दर्भांकन र कृती सूचीको प्रयोग बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी उपप्राध्यापक डा. खगेन्द्रप्रसाद घोडासैनीले बिज्ञसमिक्षित लेखको संरचना र ढा“चा तथा उपप्राध्यापक महेन्द्र भण्डारीले बिज्ञसमिक्ष्ँित लेखको इतिहास र प्रायोगिकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कूलसचिव माधव अधिकारी, परीक्षा नियन्त्रक निलप्रसाद सापकोटा, विश्वविद्यालय विद्यापीठका प्राचार्य बंशिधर आचार्य, जनता विद्यापीठका निमित्त प्राचार्य योगराज शर्मा लगाएतको उपस्थिती थियो ।

कार्यक्रमका बिभिन्न सत्रहरुको सहजिकरण तथा संयोजन सहप्राध्यापक काशिनाथ पोख्रेल, उपप्राध्यापक श्रीराम थारु, हरिलाल पौडेल लगाएतले गरेका थिए ।

कार्यक्रममा केन्द्रीय बिद्यापीठ बेलझुण्डी र जनता बिद्यापीठ बिजौरीका प्राध्यापक, बिद्यार्थी र कर्मचारीहरुको सहभागिता थियो ।

 

प्रकाशित मिति : २०७६ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *