२०८२ असार ३१ गते बुधवार

राप्ती स्वास्थ्य प्रतिष्ठानमा विशेषज्ञ सेवा थपिदै, बजेट भने असाध्यै न्युन


दाङ, ३ पुस । जिल्लाका कुनैपनि सरकारी स्वास्थ्य संस्थामा सुरु हुन नसकेको मानसिक रोग उपचारसेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको छ । केहि निजि क्लिनिकहरुमा घुमन्ते चिकित्सकका रुपमा मानसिक रोग विशेष सेवा प्रदानगरेपनि नियमित चेकजांचको अवस्था थिएन । यसैसातादेखि मानसिक रोग विशेषज्ञ डा सुनैना यादव प्रतिष्ठानमा आएपछि प्रतिष्ठानमा मानसीक रोगका विरामीहरु बढेका हुन् ।

केहि विरामीहरुलाइ भर्ना समेत गरिएको प्रतिष्ठानले जनाएको छ । विशेषज्ञ चिकित्सकका अभावमा जिल्लामा धेरै मानसिक समस्या भएका व्यक्तिहरुलाइ उपचारकालागी सुविधासम्पन्न अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको थियो । अहिले प्रतिष्ठानमा दुइदर्जन भन्दा बढि विरामीहरु उपचारमा आउने गरेको प्रतिष्ठानले जनाएको छ । यस अघि प्रतिष्ठानले बार्षिकोत्सवका अवसरमा दांत उपचार सेवाकालागी आधुनिक प्रयोगशाला समेत सन्चालनमा ल्याएको थियो । दांतका विरामीलाइ अव जटिल
प्रकारका शल्यक्रिया गर्न समेत जिल्ला वाहिर जानुपर्ने बाध्यता टरेको छ ।

त्यसैगरी प्रतिष्ठानमा चौविसै घण्टा ल्याव सेवा सन्चालनमा रहेको छ । अतिरिक्त समयमा स्वास्थ्य परीक्षण गराउन पेइङ क्लिनिक पनि सन्चालनमा आएको छ । त्यसमा नियमित भन्दा थप शुल्क तिरेर आफुले चाहेको विशेषज्ञ चिकित्सकबाट उपचारसेवा लिन सकिने अस्पताल प्रशासनका झंकार लामीछानेले बताएका छन् ।

सवैभन्दा महंगो मानिने प्याथोलोजिष्टको सेवा पनि प्रतिष्ठानमा सुरु भएको छ । यसले युरीन कल्चर र स्टुल कल्चर लगायतका गम्भीर खालका दिसापिसाव र रगत परीक्षण पनि प्रतिष्ठानमै हुने छन् । वायप्सी परीक्षण समेत प्याथोलोजिष्ट आएपछि सुचारु भएको बताइएको छ । यसले प्रयोगशाला परीक्षणकालागी अन्यत्र निजि क्लिनिकमा धाउनुपर्ने छैन । प्रयोगशाला परीक्षण त्यससंगै छाला रोग विशेषत्र पनि प्रतिष्ठानमा आएका छन् । रेडियोलोजी सेवा यस अघिनै जारी रहेको छ ।

त्यसैगरी प्रसुति सेवामा पनि थप एक जना विशेषज्ञ थप भएका छन् । जसले अव प्रसुति सेवा पनि चौविसै घण्टा हुने बताइएको छ । चौविसै घण्टे प्रसुती सेवासंगै निशुल्क प्रसुती सेवा पनि प्रतिष्ठानमा सुरु भएको छ । सुत्केरी हुन प्रतिष्ठानमा आउने महिलालाइ कुनैपनि शुल्क लाग्ने छैन । नेपाल सरकारका अन्य अस्पताल सरहको प्रसुती सेवा अव प्रतिष्ठानमै उपलव्ध छन् । सरकारी चिकित्सक
प्रतिष्ठानबाट वाहिरिने क्रमसंगै खालि भएको बच्चा वार्ड र मेडिसिन वार्डमा एमडिजिपि चिकित्सकद्धारा सेवा प्रदान भैरहेको पनि प्रतिष्ठानले जनाएको छ ।

कन्सल्टेन्ट फिजिसियन ल्याउने तयारी भैरहेको पनि लामीछानेले बताएका छन् ।अहिले अस्पतालको अन्तरंग सेवा लिने विारमीहरु बढेका छन् । कुनैवेला खालि रहने भर्ना वार्डका वेडहरु अहिले भरीभराउ हुन थालेका छन् ।

राप्ती स्वास्थ्य प्रतिष्ठानमा विशेषज्ञ सेवा थपिदै गएपनि बजेट भने असाध्यै न्युन हुदा समस्या भएको छ । बजेट अभावका कारण प्रतिष्ठानमा निर्माणाधिन भौतिक संचरनाको निर्माण कार्य अलपत्र परेका छन् । अन्य प्रतिष्ठानले थुप्रै बजेट लगेपनि मुख्यमन्त्रि शंकर पोख्रेल र पुर्व सभामुख कृष्णबहादुर महराको निर्वाचन क्षेत्र दाङ २ क मा २ करोड मात्रै बजेट विनियोजन भएको छ । जसका कारण पुर्वाधार निर्माणले सोचेअनुरुप गति लिन सकेको छैन ।

सत्तारुढ पार्टि नेकपाले सरकारमा भएपनि राजनितिक खिचातानि झीक्दै बजेट दिन आनाकानि गर्दै आएको छ । आइसियु र केही विशेषज्ञ सेवा थप्नका लागि आवश्यक बजेट उपलब्धता भएमा यहाँको स्वास्थ्य क्षेत्रसंगै प्रतिष्ठानले शैक्षिक क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले गुनासो गरेका छन् ।

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *