२०८२ असार ३० गते मङ्गलवार

अपांगता व्यक्तीलाई गर्ने व्यवहार परिवर्तन गर्नुपर्ने

तुलसीपुर,पुष २ ।  अपांगता भएका व्यक्तीलाई गर्ने व्यवहार परिवर्तन गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।

बुधवार तुलसीपुरमा भएको अपांगता भएका व्यक्तीहरुलाई लैगिंक हिंसाले पारेको असर र सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले अपांगता भएकै कारण विभिन्न हिंसामा परेको भन्दै गुनासो गरे ।

उनीहरुले सपागं व्यक्ती सहर समान व्यवहार गर्नुपर्ने पनि बताए ।

अपांग समाज सुधार केन्द्र दाङका अध्यक्ष हुमाकान्त कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सुर्यबहादुर डाँगीले अब अपांगता भएका व्यक्तीले भोग्नुपरेको हिंसा सहेर बस्नु नपर्ने बताए ।

अपांगता भएकै कारण हिंसा सहेर बस्नुपर्दैन,अब हिंसा न्युनीकरण गर्न स्थानिय तह सगै विभिन्न सघं सस्था पनि छन,–उनले भने । उनले अपांगता व्यक्तीलाई वर्गीकरणका आधारमा उपमहानगरपालिकाबाट करिब ३ सय परिचयपत्र बितरण गरिएको पनि बताए ।

कार्यक्रममा बोल्दै ओरेक दाङका सयोजंक ईश्वरी थापाले ओरेक दाङमा बितेको १ वर्षमा विभिन्न खालका १ सय १९ वटा हिंसाका घटनाहरु आएको बताइन । ति मध्ये ४ वटा अपांगता महिलालाई बलात्कार गरेका घटना आएको उनले बताइन ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपाने,महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सचिव पद्यमा चौधरी,महिला बालबालिका शाखा अधिकृत माया श्रेष्ठ,इलाका प्रहरी कार्यालय तुलसीपुरका टिका बहादुर महतरा लगाएतले हिंसा रहित समाज निमार्णका लागी सरोकारवाला व्यक्ती एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको सहजीकरण ओरेक दाङका बिन्दु शर्माले गरेकी थिइन । अपांग समाज सुधार केन्द्र दाङको आयोजना एवं ओरेक दाङको सहकार्यमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *