विद्यालय,यातायात र बजार खुले
दाङ,मंसिर २४ । तीन अघि ट्रकले एक छात्रालाई ठक्कर दिएपछि एकाएक अशान्त बनेको कोहलपुर मंगलवार विहानदेखि सामान्ने बनेको छ ।
यातायात, बजार र विद्यालयहरु सञ्चालनमा आएका छन् । त्रिभुवन उच्च माविका शिक्षक ऋषि शर्माले मंगलवारदेखि विद्यालय सञ्चालनमा आएको र वातावरण सामान्ने बन्दै गएको जानकारी दिए ।
विहान कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघको संयुक्त प्रयासमा सदभाव ¥याली निकालिएको छ ।
बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई आइतवार ट्रकले ठक्कर दिएपछि एकाएक कोहलपुर अशान्त बनेको थियो ।
आक्रोसित विद्यार्थीले ठक्कर दिने ट्रकमा आगजनी गरेपछि स्थित थप तनाव ग्रस्त बनेको थियो । विद्यार्थी र शिक्षक माथि प्रहरीले विद्यालय हाताभित्रै प्रवेश गरि दुव्र्यवहार तथा हातपात गरेपछि प्रहरी र विद्यार्थीको बीचमा झडपहरु भएका थिए ।
विद्यार्थीले झन्डै दुई दर्जन जति सवारी साधानमा तोडफोड गरेका थिए । ईलका प्रहरी कार्यालय कोहलपुरको क्यान्टिनमा तोडफोड र आगजनी गरेका थिए ।
त्यसक्रममा प्रहरीले झन्डै ६ सय राउन्ड हावई फायर गर्नुको साथै दर्जनौ पटक प्लाष्टिकको गोली हानेको थियो । त्यसका साथै मेटल गोली समेत लागेर आन्दोलनमा उत्रिएका दुई दर्जन जति विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको उपचार काठमान्डौं र कोहलपुरमा भइरहेको छ ।
स्थिति नियन्त्रणमा लिने स्थानीय प्रशासनले आइतवार दिउँसो ३ बजेदेखि कफ्र्यु लगाएको थियो । त्यसका बाबजुद कफ्र्यूको बेवास्ता गर्दै विद्यार्थीले पर्दशन जारी नै राखेका थिए । कफ्र्यूको अवज्ञा भएपछि स्थानीय प्रशासनले सोमवारदेखि नै कफ्र्यू नरहेको बताएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सोमवार सेतोपाटीसंग स्थानीय प्रशासनले कुनैदिन पनि कफ्र्यु नलगाएको दाबी गरे । उनले भनेका थिए– ‘कफ्र्यु भन्ने हल्ला मात्रै हो, हामीले कफ्र्यु लगाएका थिएनौं।’
सोमवार दिउँसो पनि कोहलपुरमा विद्यार्थीले पर्दशन गरेका थिए । यद्यपी प्रमुख जिल्ला अधिकारी खड्काको नेतृत्वमा सर्वपक्षीय छलफल चलिरहेको थियो । त्यो सर्वपक्षिय छलफलले घटनाबारे न्यायिक छानबिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने, सरोकारवाला सम्मिलित समिति गठन गरेर क्षतिको विवरण संकलन गर्ने तथा क्षतिपूर्तिका लागि पहल गर्ने र दुर्घटनामा खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको उपचार खर्च राज्यले गर्ने तथा शिक्षादीक्षा र जीवनयापनका लागि उचित व्यवस्था गर्ने लगायतका ६ बुँदे निर्णय गरेको थियो ।
त्यो सर्वपक्षिय छलफल पछि सोमवार बेलुका नै कोहलपुरमा सद्भाव ¥याली निकाल्न खोजिएको भएपनि त्यो विद्यार्थीका कारण सफल भएन ।
विद्यार्थीले ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीमाथि कारवाही र सरुवाको माग गर्दै पर्दशन गरे ।
स्थानीय प्रहरी प्रशासनले डिएसपी शाहीलाई सरुवा गरेर अन्तै पठाउने मौखिक रुपमा आश्वासन दिदापनि विद्यार्थीले मानेनन् । उनीहरुले डिएसपी शाहीको सरुवा बारे लिखित निर्णय हुनुपर्ने माग गरे ।
त्यसको लगतै डिएसपी शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको थियो भने जिल्ला प्रहरी प्रबक्ता डिएसपी शिवबहादुर सिंहलाई कोहलपुर प्रमुखको रुपमा सोमवार बेलुकादेखि नै पठाइएको छ ।
आफ्ना बाबु संगै भे ६ प २७४० नम्वरको स्कुटर चढेर विद्यालय पुगेकी १२ बर्षीया छात्रा प्रकृति चन्दलाई विहान १० बज्दै गर्दा कोहलपुरवाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयको गेट अगाडि ठक्कर दिएर गम्भीर घाइते बनाएपछि एकाएक कोहलपुरको माहोल तनावग्रस्त बन्न पुगेको थियो ।
चन्दको हाल काठमान्डौंमा उपचार भइरहेको छ । उनका आमा भगवती चन्दले अप्रेसनका क्रममा चिकित्सकले प्रकृतिका दुबै खुट्टा तिघ्रानेर बाट काटेर फालिदिएको बताएका छिन ।