२०८२ असार ३० गते मङ्गलवार

लैगिंक हिंसा बिरुद्ध मोटरसाईकल र्याली (फोटो फिचर)


यमकला भुसाल,
तुलसीपुर,मंसिर २० । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रवार तुलसीपुरमा सचेतनामुलक मोटरसाईकल र्याली निकालिएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालवालिका तथा सामाजिक विकास शाखाको आयोजना एवं विभिन्न सघं सस्थाको सहकार्यमा मोटरसाइकल र्याली निकालिएको हो ।

‘समानताको पुस्ता,बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने मुल नारा त्यसक्रममा लगाइएको थियो । साथै लैगिंक हिंसाको बिरोध गरौं,लैगिंक हिंसा बिरुद्ध ऐक्यबद्धता जनाउ,बालश्रम अन्त्य गरौँ,विहेवारी २० वर्षपारी भन्ने सन्देश मुलक नाराहरु लगाइएको थियो ।

त्रिशिद्धेश्वरी मन्दिरदेखि सुरु भएको र्याली गुम्ह्रा चोक,वीपी चोक हुँदै दोघरेको डाँडापातु,विरेन्द्र चोक, हात्तिखौवा पुगेर तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।


कार्यक्रमलाई सम्वोधन गर्दैै महिला रक्षक सञ्जाल दाङकी पुर्व अध्यक्ष सुष्मा गिरीले महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा सम्म हिंसा अन्त्य नहुने बताइन । बढ्दै गएको हिंसा रोक्न महिलाहरु पनि बलियो हुनु जरुरी रहेको उनको तर्क थियो ।

त्यस्तै तुलसीपुर वडा नं ६ का अध्यक्ष नवराज लामिछाने, वडा नं १८ का अध्यक्ष माधव वली,कार्यपालिका सदस्य जानका रेग्मी,ओरेक दाङका संयोजक इश्वरी थापा लगाएतले लैगिंक हिंसा मुक्त समाज निमार्ण गर्ने बारे ऐक्यवद्धता जाहेर गरेका थिए ।

वडा नं ६ का सदस्य एवं महिला अधिकारकर्मी युवा कराराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण तुलसीपुर नगरकी महिला बालवालिका तथा सामाजिक विकास शाखा अधिकृत माया क्षेष्ठले गरेकी हुन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *