२०८१ बैशाख २१ गते शुक्रवार

रिजाललाई पत्रकार महासंघ दाङद्धारा १ लाख २५ हजार सहयोग

दाङ,२० मंसिर । मुटुको समस्याले उपचाररत नेपाल पत्रकार महासंघका ५ नम्बर प्रदेशका सभासद महेश रिजाललाई नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ । महासंघले शुक्रवार रिजललाई नगद सहयोग गरेको हो ।

उपचार सहयोगार्थ पत्रकार।महासंघ दाङले १,२५,०६५९ (एक लाख पच्चीस हजार पैसंठी रूपैया) हस्तान्तरण गरिएको हो ।

पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, दाङ शाखा अध्यक्ष सविन प्रियासन, पूर्व अध्यक्ष के,वि मसाल, सचिव भुपेन्द्र वली, कोषाध्यक्ष आर।के।शीतलको उपपस्थितिमा सहयोग हस्तारन्तरण गरिएको हो ।

रिजालको उपचारकालागी पत्रकार महासंघ दाङले सहयोग संकलन अभियान थालेको थियो । जसमा पत्रकार महासंघको केन्द्रीय पार्षद्, प्रदेश पार्षद्, कार्यसमिति, साधारण सदस्य, सञ्चनर माध्यम, विभिन्न संघसंस्थाले सहयोग  गरेका छन् ।

पत्रकार महासंघले सहयोग अभियानमा जोडिनु भएका जिल्लाका सम्पुर्ण पत्रकार तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

साथै सहयोग गर्न ईच्छुक मित्रहरूलाई दाङ शाखा संग सम्पर्क गर्न पनि महासंघले आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *