२०८१ जेष्ठ १५ गते मङ्गलवार

दाङ प्रदेशसभामा नेकपाकी विमला वली विजयी

विमला कुमारी खत्री(वली) । तस्बिर : राजेश खत्री

दाङ, मंसिर १६। दाङको निर्वाचन क्षेत्र  नम्बर ३ (ख) मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीकी विमला कुमारी खत्री(वली) विजयी भएकी छन्।

२४ हजार २ सय ८६ मत ल्याउँदै वली प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्।

उनले आफ्ना निकटतम प्रतिदन्वदी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १०४ मत अन्तरले पराजित गरिन्। आचार्यले १९ हजार १८२ मत प्राप्त गरेका छन्।

यसैगरी साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६ मत प्राप्त गर्दा राप्रपाका भूपाल रावतले २२५ र समाजवादीका डिल्लीबहादुर डाँगीले १५४ मत पाएका छन्।

प्रकाशित मिति : २०७६ मङ्सिर १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *