तुलसीपुर,१५ मंसिर । दाङ क्षेत्र नं. ३ (ख) मा सवा ३ बजे सम्म १३ हजार २ सय ८९ मतगणना हुँदा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार बिमला कुमारी खत्रीले ७५०२ मत प्राप्त गरेकी छिन भने नेपाली कांग्रेसका उम्मेदवार केशव राज शर्माले ५३५७ मत प्राप्त गरेका छन् ।
यो मतपरिणाम अनुसार नेकपा २१४५ मतले अघि छ ।
अहिले सम्म तुलसीपुर उपमहानगरपालिका (१,२,१० र बबई गाउपालिका(१,२,३,४ मतगणना सकिएको छ ।
त्यस्तै हाल सम्म २४१ मत बदर भएको छ । अब ३२४२९ गणना हुन बाँकी छ ।
प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार