दाङ,कात्तिक ३० । जिल्ला प्रहरी कार्यालय सल्यानले एकजना मानव बेचविखन तथा ओसार पसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जाजरकोट जिल्लाको सानीभेरी नगरपालिका वडा नं। ९ वानिया टोल निवासी १९ बर्षीय दिनेश खड्कालाई उक्त अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
खड्कामाथि सल्यानकी एक नावालक सञ्तानसहतिकी आमालाई ललाई फकाई भारतमा पुर्याएर विक्रि गरेको अभियोग लागेको छ ।
विवाहको प्रलोभनमा पारी भारतको हिमाचल प्रदेशको सिम्ला जिल्लाको रुरु भन्ने स्थानमा लगेर उनीहरु आमा छोरालाई बेचविखन गरेको खड्का माथि आरोप लागेको छ ।
आरोपित खड्कालाई प्रहरीले कात्तिक २२ गते जाजरकोटस्थित उनको घरवाटै पक्राउ गरेको थियो । सल्यान जिल्ला अदालतवाट खड्काविरुद्ध म्याद थप गरि थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक ३० गते शनिवार