काठमान्डौं, कात्तिक १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् । ग्राण्डी अस्पतालमा भर्ना भएका उनलाई चिसोले गर्दा स्वास्थ्य समस्या देखिएको बताइएको छ ।
बिहान ९ बजे अस्पताल पुगेका प्रधानमन्त्री रिपोर्ट आएपछि मात्रै बालुवाटर फर्किने जानकारी दिइएको छ ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी गएको र केहीबेरमा अस्पतालबाट फर्किने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रकाशित मिति : २०७६ कार्तिक १३ गते बुधवार